ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा प्रहरी निरीक्षक मल्ल र प्रहरी बृत लैनचौर काठमाडौंमा बुढाथोकीको सरुवा

प्रहरी निरीक्षक पुस्करराज पन्तको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया, कैलाली सरुवा भएको छ भने प्रहरी निरीक्षक कनक बहादुर शाहीको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ ।

शाख न्यूज    प्रकाशित: २०८२-६-२९ गते   ३२६ पटक हेरिएको

बाँके २९ असोज - नेपाल प्रहरीको प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार बाँकेसहित देशभरका ६ सय ६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पुस्करराज पन्त तथा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख अरुण बमसहित देशभर नेपाल प्रहरीका ६ सय ६५ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । 

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पुस्करराज पन्तको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया, कैलाली सरुवा भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा, टंगालका प्रहरी निरीक्षक कनक बहादुर शाहीको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा सरुवा भएकोछ । ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा प्रहरी निरीक्षक किरण प्रकाश मल्ल र प्रहरी बृत लैनचौर काठमाडौंमा उपेन्द्र बुढाथोकीको सरुवा भएको छ ।

यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक अरुण बमको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यू.एन. शाखा नक्साल, काठमाण्डौं सरुवा भएकोछ । केन्द्रिय अनुसन्धान व्यूरो पिलर ४, वन्यजन्तु तथा वातावरणसँग सम्बन्धित अपराध अनुसन्धान शाखा लाजिम्पाट, काठमाण्डौंमा कार्यरत प्रहरी निरीक्षक शेखर खड्काको वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएकोछ ।

पूर्णबहादुर केसी इलाका प्रहरी कार्यालय धनौली, खजुरा बाँकेका जिल्ला प्रहरी कार्यालय  सल्यान अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको छ । रविन्द्र अधिकारी, इलाका प्रहरी कार्यालय चिसापानी, बाँकेका जिल्ला प्रहरी कार्यालय पर्सा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा सरुवा भएकोछ । 

जिल्ला प्रहरी कार्यालय मुगु, अपराध नियन्त्रण तथा शनुसन्धान शाखका अच्युतराज आचार्यको इलाका प्रहरी कार्यालय कोहलपुर बाँके अपराध  नियन्त्रण शाखामा सरुवा भएकोछ । जिल्ला प्रहरी कार्यालय कास्की अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका अविनास दिप जिसीको ईलाका प्रहरी कार्यालय चिसापानी बाँकेमा सरुवा भएकोछ । इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ, बर्दियाका उत्तम कुमार जिसीको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँके सरुवा भएकोछ ।  

जिल्ला प्रहरी कार्यालय बर्दिया, अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका नविन प्रकाश चापागाईको इलाका प्रहरी कार्यालय धनौली खजुरा, बाँकेमा सरुवा भएकोछ । नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा भैरहवा, रुपन्देहीका रामनारायण गुप्ताको इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सरुवा भएको छ भने वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सुजन शाहको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा सरुवा भएकोछ । 

सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech