भन्सार छलि गरि ल्याईएकाे करिब एक लाख बराबरको लत्ताकपडा बरामद

शाख न्यूज    प्रकाशित: २०८२-६-२७ गते   २४४ पटक हेरिएको

प्रेम सिंह  बाँके २७ असोज - वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे सामान नेपालगन्जबाट सोमबार बरामद गरेकाे छ । 

नेपालगन्ज  उपमहानगरपालिका वडा नं- २ घरबारी टोलबाट भन्सार छलि गरि ल्याईएकाे करिब एक लाख बराबरको लत्ताकपडा बरामद गरेकाे हाे । 

घरबारीटोल  सडक खण्डमा भारतबाट अबैध मालसामानहरु ल्याएको भन्ने सुचना प्राप्त भएलगत्तै परिचालन भएकाे टाेलीले साे सामान पक्राउ गरेकाे वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बम जनाएका छन् ।

गोप्य सुचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बमको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध रुपमा भन्सार छलि गरि ल्याईएको कुर्ता सुरुवाल ३४ थान, धोति १२ थान र वच्चाले लगाउने अन्डर ट्राउजर ३ सय ३६ पिस गरी अन्दाजी जम्मा बजार मुल्य ९४ हजार रुपैयाँ बराबरको वेवारिसे सामान बरामद गरिएकाे हाे । 

बरामद भएको सम्पूर्ण सामानलाई थप अनुसन्धान र  आवश्यक कारबाहीका लागि  नेपालगंज भन्सार कार्यालयमा पठाईएकाे  वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech