बाँके ३१ भदौ - राप्तिसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत पनि एक हुन । उहाँ सेवाग्राही लाई निरन्तर एकद्वार प्रणाली बाट सेवा प्रदान गर्दै आउनु भएको छ । गत आर्थिक वर्षमा उहाँले पालिका अन्तर्गतका वडाहरुको बिकासकालागी पक्की सडक , बिद्यालय, भवन निर्माण, भौतिक पूर्वाधार, जनशक्ति ब्यवस्थापनमा बिशेष जोड दिनु भएको छ । मंगलबार राप्तिसोनारि गाउँपालिकाको कार्यकक्षमा बसेको बैठकमा चालु आर्थिक बर्षका लागि विभिन्न निर्णयहरु पारित गरिएको थियो । गत बर्षमा पूरा हुन नसकेका कार्ययोजनाहरु चालु आर्थिक बर्षमा गर्ने दृढताका साथ सम्पन्न गर्दै अगाडि बढ्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले भन्नुभयो राप्तिसोनारी गाउँपालिकामा कार्यकारी प्रमुखको जिम्मेवारी पाए देखि गत आर्थिक बर्षमा पुरा नभएका कार्ययोजनालाई चालू आर्थिक बर्षमा पुरा गर्ने छु भनि आश्वासन समेत दिनुभएको छ ।
उक्त बैठकमा राप्तिसोनारी गाउँपालिकामा १५ शैयाको अस्पताल संचालन गर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तत्काल संचालन गर्ने, चालु आर्थिक बर्षका विभिन्न कार्ययोजनाहरुको मुल्यांकन गरि तिनीहरुलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने, राप्तिसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा राप्तिसोनारी कोसेली घर निर्माण गर्ने, पालिका अन्तर्गतका सबै वडाहरुमा व्यवसाय दर्ता अभियानका लागि दक्ष टिम लाई जिम्मेवारी दिने, एलानी जग्गाको खोजी गरि तिनीहरुको व्यवस्थापनकोलागि सबै वडामा ६ महिनाकालागि दक्ष अमिनको परिचालन गर्ने , पालिका अन्तर्गतका प्रत्येक वडाहरुमा १/१ जना गरि प्राविधिकको व्यवस्था गरिने र राप्तिसोनारी गाउँपालिका अन्तर्गतका वडाहरुमा बाटो ग्राभेल गर्ने अभियानको संचालन गरिने लगायतका ८ वटा निर्णय पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो । सो बैठकमा राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुका अनुसार जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरु बिच समन्वय र सामन्जस्यताका साथै सहकार्यले निरन्तर अगाडि बढेमा उक्त कार्ययोजनाहरु समयमै सम्पन्न गरिने जानकारी दिनुभयो । त्यसैगरि उपाध्यक्ष धना खत्री लगायत अन्य कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।