पदोन्नति भएका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

शाख न्यूज    प्रकाशित: २०८२-६-२४ गते   १४७ पटक हेरिएको

काठमाडौं — प्रहरी महानिरीक्षक (प्र.म.नि.) चन्द्र कुबेर खापुङले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच हालै पदोन्नति भएका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्।

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले नव–सुशोभित प्रहरी अधिकृतहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी हुन ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दर्ज्यानी चिन्हद्वारा सुशोभित अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना सहित पदोन्नति संगठनप्रति पुर्‍याइएको योगदान, पेशागत दक्षता र कार्यकुशलताको मूल्याङ्कनको परिणाम भएको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई अनुभव, विवेक र सामूहिक भावना सहित संगठनको विकास र हितमा समर्पित भएर काम गर्न आग्रह समेत गरेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अन्य अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech