बाँके २२ असोज - डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायण बहादुर विष्ट आउनु भएको छ । विष्टले बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।
त्यस अवसरमा जिम्मेवारी सम्हाल्दै प्रमुख प्रशासकिय अधिकृत विष्टले कानूनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैय कट्टिबद्ध भएर लाग्ने बताएका छन् ।
पाटन नगरपालिका बैतडीबाट सरुवा भएर आउनुभएका विष्ट यस अघि करिब १३ वटा स्थानीय तहमा काम गरेको कार्य अनुभव रहेको छ । कार्यालयमा हाजिर हुदै प्रमुख प्रशासकिय अधिकृत विष्टले पालिकाका सबै कर्मचारीहरुसंग परिचय तथा शाखाका काम कारवाही प्रगतिका बारेमा जानकारी लिएका थिए ।
पालिकामा यस अघि अशोककुमार पाण्डेयले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।