‘कफ सिरप’ को प्रयोगमा ध्यान दिन आग्रह

शाख न्यूज    प्रकाशित: २०८२-६-२१ गते   १२७ पटक हेरिएको

काठमाडौँ । विश्व स्वास्थ्य संगठनको वर्किङ डकुमेन्ट अनुसार तरल औषधिको उत्पादनमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोलको मात्रा परीक्षण गर्न निर्देशन दिँदै विभागले औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू ९प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसरिनर ग्लिसेरिन० मान्यताप्राप्त बिक्रेताबाट मात्र खरिद गर्न उत्पादकहरूलाई निर्देशन दिएको छ। उत्पादन अघि तोकिएको विधिअनुसार परीक्षण गर्नुपर्ने र उत्पादन भइसकेपछि पनि प्रत्येक ब्याचमा विषालु पदार्थको परीक्षण गरेर मात्र बजारमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएका घटनाहरू सार्वजनिक भएपछि नेपाल औषधि व्यवस्था विभागले उत्पादक, वितरक, चिकित्सक र उपभोक्तालाई गम्भीर हुन निर्देशन दिएको छ । विभागले बालबालिकाको ज्यान लिने खतरा रहेका ‘कोल्ड्रिफ कफ सिरप’ लगायतका खोकीका औषधिबारे विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

विभागले मंगलबार सूचना जारी गर्दै भारतमा उत्पादन गरिएका केही कफ सिरपमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल नामक विषालु पदार्थ फेला परेको र यसको सेवनबाट १८ बालबालिकाको मृत्यु भएको जनाएको छ । नेपालमा ‘कोल्ड्रिफ कफ सिरप’ दर्ता नभएको जानकारी दिँदै विभागले यस्ता विषाक्त पदार्थ मिसावट भएका औषधिबारे यसअघि पनि चेतावनी जारी गरेको उल्लेख गरेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech