इलाका प्रहरी कार्यालय कोहलपुरमा चक्र बहादुर डम्बरपाल आउँदै

शाख न्यूज    प्रकाशित: २०८२-६-१ गते   १३१ पटक हेरिएको

काठमाडौँ - नेपाल प्रहरीका ९० जना डीएसपीहरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवासङ्गै डीएसपीहरुको सरुवा गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा चक्र बहादुर डम्बरपाललाई सरुवा गरिएको छ भने ईलाका प्रहरी प्रमुख लक्ष्मी खनाललाई  अपराध अनुसन्धान बिधालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगन्ज पठाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई सरुवा गरिएको छ ।

डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको छ ।

प्युठानमा नरहरि अधिकारीलाई पठाइएको छ भने प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ ।प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई सरुवा गरिएको छ । संखुवासभाको इन्चार्जमा कुमारप्रसाद मैनाली र पाँचथरमा अनिश कर्णलाई पठाइएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech