बाँकेमा १० किलो अफिमसहित पक्राउ परेका दुई जनाको सोमबार सार्वजनिक

शाख न्यूज    प्रकाशित: २०७७-५-२९ गते   ४८५ पटक हेरिएको

नेपालगन्ज २९ भदौ - बाँके प्रहरीले १० किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका १ कुसुमबाट १० किलो अफिमसहित रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नम्बर १९ का बसन्त घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बाँके प्रहरीले १० किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा पत्रकार सम्मेलन गरेर लागूऔषध अफिम सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको हो । कुसुम बजारमा हिंडिरहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० पोका अफिम बरामद गरिएको गरिएको थियो ।

दाङबाट अवैध लागू पदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षकसहितको टोलीले कुसुम बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिनुभयो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech