बाँके २९ भदौ - आइतबार बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि गाउँपालिकाले विदाई गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रशासन प्रमुख विजय कुमार यादव र सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले विदाई मन्तब्य दिनु भएको थियो । खरालको नेतृत्वमा काम गर्दा उत्साह मिलेको उहाँहरुको भनाई थियो । प्रमुख प्रशासकीय अधिकृत खरालले विदाईको क्षण नरमाइलो भएपनि सरुवा नियमित प्रक्रिया भएको हुनाले संगसंगै काम गर्दा सहयोग र साथ दिएको बताउनुभयो । नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल पनि एक हुन । नेपाल सरकारबाट पाएको जिम्मेवारी निजामती कर्मचारीले अनुशाशीत, इमानदारीताका साथ वहन गरिए स्थानीयबासी मन जित्न सकिने बताउनुभयो । त्यसका साथै नेपाल सरकारको प्राप्त नीति निर्देशन लाई पालना गर्दै सेवाग्राहीलाई चुस्त र दुरुस्त, छिटोछरितो रूपमा सेवा प्रदान गर्नु भएको छ ।
नरैनापुर गाउँपालिका नेपालको ५ न. प्रदेश अन्तर्गत बाँके जिल्लामा रहेको छ । नरैनापुर गाउँपालिकाको स्थापना साविकका कटकुइया , लक्ष्मणपुर, कालाफाटा, नरैनापुर, मटेहिया र गंगापुर गाविस समाबेश गरि निर्माण गरिएको हो । यस गाउँपालिकाको पुर्वमा राप्तीसोनारी गाउँपालिका र भारत , पश्चिममा डुडुवा गाउँ पालिका र भारत , उत्तरमा राप्तीसोनारी गाउँपालिका र दक्षिणमा भारत पर्दछ । यस गाउँपालिकामा ६ वडा हरु कायम गरिएको थियो । बाँके जिल्लामा गठन गरिएका पालिका हरु मध्ये बिकासको सम्भावना बोकेको गाउँपालिकाको रूपमा नरैनापुरलाई लिइएको छ । उक्त गाउँपालिका मा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।
नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत द्वारा गत आर्थिक बर्षमा समग्र नरैनापुरबासीहरुको हकहित तथा बिकास निर्माणका कार्यहरुमा सधैं अग्रसर भएर काम गर्नु भएको छ । सडक बाटो , पुर्वाधार र संचार, सूचनामा पहुँच पुर्याउने जस्ता बिकासका कार्यहरु लाई विशेष प्राथमिकता मा राख्नु भएको थियो । नरैनापुर क्षेत्रका स्थानीयबासी, व्यापारी , पर्यटन व्यवसायी , संचारकर्मी , राजनैतिक दल , जनप्रतिनिधि , कर्मचारी , सहकारी , सामुदायिक वन , बिद्यालय , सामाजिक संघ संस्थाहरु संग सहयोग , सहकार्य तथा समन्वयमा काम सम्पन्न भएको उहाँले भन्नुभयो । जस्ले गर्दा तराईको कर्णाली क्षेत्र भनेर चिनिएको नरैनापुर गाउँपालिका विगत जस्तो सडक , संचार , बिकासहीन जस्तो दु:खदायी अवस्था भोग्न परेको छैन । बिकास निर्माणप्रतिको चिन्तन, कार्य योजनालाई कानुनी , प्रक्रियागत नीति , बनाएर जनप्रतिनिधि , कर्मचारी , तथा स्थानीयवासीको सामुहिक सल्लाह, सुझाव र मार्गदर्शनले समग्र नरैनापुर अन्तर्गतका वडाहरुको समेत बिकासमा टेवा पुगेको बताउनुभयो । गत आर्थिक बर्ष देखि निरन्तर रुपमा लकडाउनले गर्दा गरिब, बिपन्न परिवार , मजदुर हरुलाई खाद्यान्नको अभाव हुन नदिन का लागि राहत बितरण , कोभिड -19 को महामारी बाट स्थानीयबासीहरुलाई सुरक्षित गर्न , संक्रमणबाट बच्नका लागि विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरु बितरण पनि हामी जनप्रतिनिधि , कर्मचारीहरुको समन्वय तथा अगुवाइमा निरन्तर खटिएर कार्य सम्पन्न गरेको बताउनुभयो ।
गाउँपालिकाको गत आर्थिक बर्षमा तथा उहाँको कार्यकालमा बिकासका कार्य तथा अनुभवहरु राम्रा र उदाहरणीयका साथै अबिष्मरणिय रहेका छन् गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो । अध्यक्ष शाहले खरालको नेतृत्वमा कोभिड–१९ नियन्त्रणसँगै गाउँपालिकाले सबै क्षेत्रमा राम्रो गति लिएको जानकारी दिनुभयो । सो बिदाइ कार्यक्रममा जिन्सी शाखा प्रमुख भरत महतोले सहजिकरण गर्नुभएको थियो साथै कार्यक्रममा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव लगायत वडाका जनप्रतिनिधि र कर्मचारीको समेत उपस्थिति थियो ।सेवाग्राहीहरुमा केही समस्या उत्पन्न भएको हुनाले बिस्तारै बिस्तारै सम्पन्न गरेको भन्नुभयो ।
कोरोना संक्रमणको नियन्त्रण तथा त्यसबाट स्थानीय लगायत छिमेकी मुलुक भारत बाट नेपाल आउन खुकुलो बनाउने क्रममा आउनु भएका मानिसहरूलाई सुरक्षित गराउनका लागि केही मापदण्डहरु पुरा गरि सुरक्षा निकायको समन्वय र सहकार्यमा विभिन्न शिक्षण संस्थामा व्यवस्थापन गरिएको थियो । उक्त क्वारेन्टाइनमा पिसिआर परिक्षण गर्ने क्रममा विभिन्न व्यक्तिमा संक्रमण पुष्टि भएपछि नरैनापुर हटस्पट बनेको थियो । सो अवस्थामा जनप्रतिनिधि , स्वास्थ्यकर्मी , कर्मचारी लगायत स्थानीयबासी त्रसित भएका थिए । सबै को साथ र सहयोगले यसलाई व्यवस्थापन गर्नमा सफल भयौं ।
सेवाग्राहीलाई विभिन्न प्रकारका सेवा सुबिधाहरु सहजै तरिकाले पालिका बाट प्रदान गर्न सकिने व्यवस्था मिलाएका थियौं ।
वडास्तरमा उपभोक्ता समितिहरुको गठन गरि सो समितिद्वारा संचालन गरिएका बिकास निर्माण कार्य र आयोजनाहरुको अनुगमनका साथै सम्पन्न भएका कार्यहरूको भुक्तानीको व्यवस्था समेत मिलाएका थियौं । उहाँले भन्नुभयो जनप्रतिनिधि, कर्मचारी , जनताको बिचमा पारस्परिक सम्बन्ध कायम भएमा बिकास निर्माण र स्थानीयको हकहितका लागि सदैव सजिलो हुन्छ । यद्यपि यस्तो अवस्था भएन भने अन्यौलता र काम गर्नमा बाधा पुग्ने गर्दछ । जसले गर्दा नरैनापुर गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधि बिच सुमधुर सम्बन्ध रहेको थियो । खासगरी हाम्रो पालिकामा अध्यक्ष र उपाध्यक्ष ज्युको पनि महत्त्वपूर्ण योगदान गर्नु भएको जानकारी दिनु भयो । गत आर्थिक बर्षमा सडक ग्राभलिङ्ग , पक्की नाला निर्माण , कालोपत्रे ,पिपिसी सडक समेत निर्माण गरिएको छ । जसले गर्दा स्थानीय निकाय स्थापना भएपछि नरैनापुरमा दर्जनौं भन्दा बढी पुल निर्माण भएको त्य्स्का साथै काइन नाला ८ मिटरको पक्की पुल पनि निर्माण भएको छ ।
उहाँले भन्नुभयो गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख १ हजार बराबरको बजेट बिनियोजन गरिएको थियोे । कोभिड- १९नियन्त्रण , पूर्वाधार बिकास , शिक्षा, स्वास्थ्य , गरीबी न्यूनीकरण , कृषि क्षेत्रहरुलाई प्राथमिकतामा राखेर चालू आर्थिक बर्ष २०७७/०७८ का लागि ५५ करोड २८ लाख २३ हजार ३ सय ६० को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो । जसमध्ये पूर्वाधार बिकासमा ४ करोड ८० लाख, बिबिध अनुदान अन्तर्गत गौशाला निर्माणकालागि ७ करोड , गाउँपालिका भवन निर्माणमा ४ करोड , शसर्त बाहेक शिक्षामा २ करोड १८ लाख, स्वास्थ्यमा१ करोड ७४ लाख , कृषि तथा पशुमा १ करोड , बिपत्त ब्यवस्थापनमा १ करोड र महिला सशक्तीकरण तथा समाबेशिकरणमा ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ । संघिय सरकार बाट प्राप्त ३९ करोड २० लाख ९७ हजार ३ सय ६० , प्रदेश ५ सरकार बाट ३ करोड ५३ लाख १ हजार र आन्तरिक राजस्व तर्फ अनुमानित ५४ लाख ९५ हजारमा केन्द्रित रहित बजेट ल्याइएको थियोे । त्यसैगरी गाउँपालिकालाई नेपाल सरकारबाट समानिकरण अनुदान ११ करोड २३ लाख, नेपाल सरकार राजस्व बाँडफाँड ९ करोड १३ लाख ९७ हजार ३ सय ६०, शसर्ततर्फ १७ करोड ६४ लाख र विशेष एवं समपुरक अनुदानतर्फ १ करोड २० लाख रुपैयाँ प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै प्रदेश ५ सरकारबाट समानिकरण अनुदान ५५ लाख ९ हजार , राजस्व बाँडफाँड ३९ लाख ४२ लाख , शसर्ततर्फ १ करोड ४८ लाख ५० हजार र विशेष एवं समपुरक अनुदानतर्फ २ करोड १० लाख रुपैयाँ प्राप्त भएको बताउनुभयो । विविध अनुदानतर्फ को लागि ११ करोड रुपैयाँ जिल्ला समन्वय समितिमा रहेको खरालले बताउनुभयो ।
नरैनापुर गाउँपालिकामा ७ महिना प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खरालको बाँकेको खजुरा गाउँपालिकामा सरुवा भएको छ । नरैनापुरमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा महेन्द्रजंग शाही आउने अध्यक्ष शाहले भन्नुभयो ।