बैजनाथमा सहकारी अभियन्ताकै सहकारीमा आर्थिक हिनामिना हुँदा संचालक समिति मौन

शाख न्यूज    प्रकाशित: २०७७-५-२१ गते   २९४० पटक हेरिएको

एभरेस्ट कृषि सहकारी सस्था लि. बैजनाथ ६ का अध्यक्ष देब बहादुर के.सि. र सोही संस्थाका प्रबन्धक सन्चालक माधब रिजाल (दायाँबायाँ) ।

बाँके २२ भदौ - बाँकेको बैजनाथ गाउँपालिका स्थित एभरेस्ट कृषि सहकारी सस्था लि. बैजनाथ ६ का प्रबन्धक सन्चालक माधब रिजालले आर्थिक हिनामिना गरेको आरोप लागेको छ । आइतबार सहकारीका संस्थापक सदस्य डम्मर रावत लगाएतका स्थानीयवासिद्वारा सस्थाको आर्थिक हिनामिना गर्ने प्रबन्धकलाई तुरुन्त कार्बाही गरि बर्खास्त गर्नु पर्ने माग राखेका छन् । प्रबन्धक रिजालको नाममा गत आर्थिक बर्ष असार मसान्तसम्मको हिसाब मध्ये रु ६ लाख ८० हजार बेरुजु आएपछी तत्काल सन्चालक समितिको निर्णय अनुसार उक्त प्रबन्धकको नाममा आएको बेरुजु रकम ब्याज सहित असुल गर्ने निर्णय भए पश्चात उक्त रकम  बुझाउन मन्जुर भएपछि प्रबन्धक रिजाल लाई आफ्नो दैनिकी कार्यालयको काम गरेर भरपाई सहित चुक्ता गर्ने तमसुक गरिएको थियोे ।
तर बिडम्बना यस आर्थिक बर्षको असार मसान्तसम्म सम्म कुनै ब्याज सहितको सावाँ रकम बुझाउनुको बदला झन थप कुल ११ लाख यस बर्षको बेरुजु देखिएको हो । असार मसान्तसम्म बुझाउनु पर्ने थियो , तर  सन्चालक समितिले पटक पटक  तमसुक गराएर ढाकछोप गरेपछि सस्था धरासायी बनेको छ । सस्थाको नियम बिपरित गरेका प्रबन्धक जस्तो जिम्मेवारी बोकेकाले यसरी आर्थिक अनियमितता गर्दा पनि संचालक समिति मौन बसेको छ ।  यसरी सस्थालाई कमजोर बनाउन थालेकापछि सो को कारबाही गरि बर्खास्त गर्नु पर्ने जस्ले गर्दा स्थानीयवासीहरु तथा सहकारीका सदस्यहरु लगायतले माग गरेका छन् ।
एभरेस्ट कृषि सहकारी सस्थाका अध्यक्ष देब बहादुर के. सि. भन्नुहुन्छ मलाई यो बर्ष को बेरुजु भएको बिषयमा कुनै किसिमको लिखित वा मौखिक जानकारी छैन । वास्तवमा सस्थाको हित बिपरित काम गर्ने कसैलाई पनि छुट नदिने भनिएता पनि गत बर्षको हिनामिना भएको रकमको सावाँ ब्याज भुक्तानी गराउने सहमति भएको थियो । तर उक्त रकम चुक्ता नगरी थप रकम बेरुजु देखिँदा पनि सम्पुर्ण संचालक समिति नै गैरजिम्मेवारी भएको छ । यद्यपि सस्थाका अध्यक्ष समेतले जानकारी नभएको गैरजिम्मेवारी तर्क दिएकाले स्थानीय र सस्थाका सदस्यहरु आक्रोशित भएका हुन । आइतबार बसेको संचालक समितिको बैठकले लिखित स्पष्टीकरण सन्तोषजनक नभएको हुनाले सस्थाको सम्पती ब्यक्तिगत प्रायोजनका लागी प्रयोग गरेर हिनामिना गरेको आरोपमा प्रबन्धकलाइ राजीनामा माग गरिएको थियोे । यदि तत्काल राजिनामा र सो बेरुजु देखिएको आर्थिक फिर्ता नगरिएमा  सस्थाको बिधान अनुसार बर्खास्तका साथै निलम्बन गर्ने आश्वासन दिएका छन् ।
लामो समय देखी संगै रहेर काम गरेको र अध्यक्ष देब बहादुर के.सि. को परम मित्र प्रबन्धक माधब रिजाल भएकोले शंका उत्पन्न भएको छ । अध्यक्ष पनि प्रबन्धकको बचाउमा लाग्न सक्ने स्थानीय र सदस्यहरुले अनुमान गरेका छन । आर्थिक हिनामिनाको सम्पुर्ण प्रमाण भेटिदा पनि अनुसन्धानको दायरालाई अगाडि नबढेको हुनाले संचालक समितिले सो प्रकरणलाई ढाकछोप गरिन्छ कि भन्ने जस्तो गम्भीर प्रश्न संचालक समितिमा राखिएको छ । सस्थाको सम्पतीलाई संचालक समितिलाई सुचित नगराई आफ्नो निजीकरणको हैकमवादी प्रबन्धक जस्तालाई सस्थाको जिम्मेवारी आउँदा दिनहरुमा नदिने अध्यक्ष के.सिले भन्नुभयो ।

यसरी हिनामिना गरेर सस्थाको सम्पत्तिमाथी खेलवाड गर्ने अधिकार कसैलाई नभएकोले संचालक समितिद्वारा  प्रबन्धक रिजालले राजीनामा दिनुपर्ने आवश्यक रहेको निर्णय गरिएको हो । स्थानीयवासी र सस्थाका सदस्यहरु द्वारा यदि अध्यक्ष के.सि प्रबन्धकलाई संरक्षण दिने हीनताबोध कार्य गरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दीएका छन् । यद्यपि यस्तो कार्य गरिए अध्यक्ष र सस्थाका सदस्य , ब्यवस्थापक तथा स्थानीयवासीहरु  ठुलो द्वन्दको अवस्था  सिर्जना हुने भएकोले  सस्थाको बारेमा  गम्भीरतापूर्वक सोच्न जरुरी छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech