कंचनपुर ०४ असार बेदकोट नगरपालिका वडा नं. ८ कार्यालयको सभाहलमा नवयुग महिला समूह को आयोजनामा जनप्रतिनिधी सम्मान तथा अनर्तक्रिया कार्यक्रम समपन्न भएको छ । सम्मान कार्यक्रममा बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी देवी जोशी , वडा नं. ८का अध्यक्ष महेश राज जोशीलाई समेत शनिबार सम्मान गरिएको हो ।

सम्मानका साथै आर्थिक वर्ष २०७९ ८० को बजेट तथा तर्जुमाका लागी योजना छनौट सम्बन्धी तथा वडा भित्र रहेका समस्याहरुको सन्दर्भ मा समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता समुहका अध्यक्ष शारदा क्षेत्री रोकाया ,प्रमुख अतिथि नगर उप प्रमुख तुलसी जोशी बिशिस्ट अतिथि बेदकोट ८ का वडा अध्यक्ष महेश राज जोशी, अतिथि बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष मञ्जु सिहं लगायत समाजसेवि, जनप्तिनिधी, कर्मचारी, बुद्धिजिवी समेतको उपस्थिति रहेको थियो । चन्दा नाथले कार्यक्रम को सञ्चालन गरेकी थिईन भने उमा बोहरा स्वागत मन्तव्य मन्तब्य राखेकी थिईन ।
