बाँके १५ कात्तिक - नोबेल कोरोना भाइरसका कारण विश्वमा नै सन्त्रास फैलिएको अवस्थामा बाँकेको कोहलपुरस्थित होटेल म्याक्सले सरसफाइ कार्यक्रम सहित विभिन्न किसिम सामाजिककार्य पनि सञ्चालन गरिरहेको छ । नगरका विभिन्न गल्लिहरुमा हप्ताको एक दिन सरसफाइ समेत होटेल म्याक्सको टिमले गरिरहेको छ ।
होटलको ‘अफिसियल ओपनिङ’ मार्फत सेवा शुभारम्भ गरिएको थियो । आगामी दिनमा रक्तदान, मेडिकल क्याम्पिन, वृक्षरोपण कार्यक्रम, विभिन्न सामाजिक जागरणका कार्यक्रमसमेत सञ्चालन गर्दै जाने बताएको छ । नेपालभर नै हस्पिटालिटी क्षेत्रमा काम गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको होटेलले रोजगारी सिर्जना गर्दै समुदायसँग मिलेर स्वावलम्बनका कामसमेत गर्दै जाने जनाएको छ ।
बाँकेको कोहलपुरमा चर्चित होटेल म्याक्सले विभिन्न किसिमका सामाजिक कार्यको समेत आयोजना गर्दै आइरहेको छ । चारतारे होटेलजस्तै सेवा सुबिधा भएको म्याक्स होटेल करिब ३० करोड लागतमा निर्माण भएको छ ।
आधुनिक सुबिधा सम्पन्न ५० वटा कोठा, चुरे हल , बैंकेट हल, स्विमिङ पुल, फेमिलि रेस्टुरेन्ट, बार, जिम हाउस, स्पा, कन्फ्रेन्स हल, पार्किङ सहित सञ्चालनमा रहेको होटेल म्याक्स चर्चामा आइरहेको छ ।
जर्नल म्यानेजर संजय श्रेष्ठ , सेल्स तथा मार्केटिङ म्यानेजर गणेश चालिसे, माधव सुवेदी लगायत होटल म्याक्सको टिमले निलसागर असाहय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कोहलपुर शाखालाई शनिबार खाद्यान्न फलफूलहरु समेत बितरण गरेको छ ।
जर्नल म्यानेजर श्रेष्ठका अनुसार हाम्रो टिमले ग्राहकलाइ उपयुक्त सेवा सुबिधा दिनुका साथै निरन्तर सामाजिक कार्यमा लाग्ने जानकारी दिनुभयो । मोफसलकै आधुनिक होटलको रुपमा स्थापित गर्ने, होटलले व्यवसाय मात्र नभई सामाजिक कार्य समेत गर्ने उद्देश्यका साथ सामाजिक कार्यमा अग्रसरता दिएको समेत जानकारी दिनुभयो । २ सय ५० जना बस्न मिल्ने बैंकेट हल, चुरे हल , समेत रहेका छन । जसलाई बिहेबारी र अरु ठूलाखाले समारोह साथै विभिन्न किसिमका सभा सम्मेलन बैठक गर्न सकिनेछ ।
त्यस्तै विभिन्न कार्यक्रमहरु गर्न सकिने गरी अर्को दुईवटा सुविधासम्पन्न ‘कन्फ्रेन्स हल’ लगायत ‘स्विमिङ पुल’, ‘जिम’ र ‘स्पा’जस्ता सुविधा पाहुनालाई उपलब्ध गराउने समेत सो होटेलका सेल्स तथा मार्केटिङ म्यानेजर चालिसेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो बिगत १४ बर्ष बिदेशमा काम गरेको अनुभबलाइ लिएर होटेल म्याक्सलाई अझै फरक किसिमले अगाडि लैजाने योजना समेत रहेको छ ।
पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध, ठूला भोज र अन्य समारोह गर्न सकिने हलसहितको सुविधा छ । आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न ठाउँको भ्रमण गराउने प्याकेज सहित आधुनिक रेष्टूरेन्ट सञ्चालनको सेवा सुरु गर्ने तयारीमा छ ।
‘वललिँदो परिवेश र माग अनुसार मैले थप सेवा विस्तार गर्दैछु,’ चालिसेले भन्नुभयो । पाहुनालाई ‘मिनी बार’ उपलब्ध गराइन्छ । फरक अनुभव बटुल्न चाहने स्वदेशी तथा विदेशी पाहुनाको रोजाइमा होटेल म्याक्स रहने जानकारी समेत दिनुभयो । नेपाली लगायत विभिन्न परिकारबाट पाहुनाको स्वागत गरिन्छ ।
स्वादिष्ट खाना, खाजाका परिकार सहित सुविधा सम्पन्न कोठाहरु उपलब्ध रहेको छन। चालिसेका अनुसार सामाजिक कार्यमा पनि हाम्रो टिम अग्रसर रहने दाबी गर्नु भयो । सो होटेलका संचालक मनोज केसि रहनु भएको छ ।