जेन-जी प्रदर्शनमा नेपालगन्जका दुई युवक मारिएपछि धम्बोझी शोकमा

शाख न्यूज    प्रकाशित: २०८२-५-२४ गते   ९५ पटक हेरिएको

बाँके - काठमाडौंमा भएको जेन(जी आन्दोलनमा दुई युवाको निधन भएपछि नेपालगन्जको धम्बोझी शोकमा डुबेको छ ।
करिब दुई सय मिटरको फरकमा घर भएका सुलभ श्रेष्ठ र आयुष थापाको मृत्यु भएपछि टोल नै शोकमा डुबेको हो ।

काठमाडौं ईन्जिनियरिङ कलेजमा सिभिल ईन्जिनियर पढेका सुलभ र फिनल्यान्ड जाने तयारीका साथ कागजपत्र बोकेर काठमाडौं गएका आयुषको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो ।

एउटै टोलका दुई युवाको मृत्यु भएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीमा शोक बिदा दिइएको छ ।
वडाध्यक्ष प्रमोद रिजालले फिनल्यान्ड जान वडा कार्यालयबाट कागजपत्र बनाएर गएका आयुष र ईन्जिनियरिङ कलेजमा पढेका सुलभको आन्दोलनमा मृत्यु भएपछि वडा कार्यालय आज शोकमा बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, वडाभित्रका सबै विद्यालय पनि बन्द गरिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech